वंशावली हेर्ने तरिका
यस वंशावलीमा सुरुको भागमा सापकोटाको प्रथम पुस्ता नरहरि सापकोटादेखि २६ औँ पुस्ताका भूमिनन्द सापकोटासम्मको नाम उल्लेख छ । २६ औँ पुस्ताका भूमिनन्द सापकोटाको छोरा सर्वानन्द सापकोटा कास्की तारकाँङबाट तार्कु कुसुन्डे (कुशपानी) आउने सुरुका वंशपुरुष भएको हुनाले सर्वानन्द सापकोटालाई तार्कु कुसुन्डे (कुशपानी) को प्रथम पुस्ता मानिएको छ । प्रायः सबैको अगाडि ३ वटा (अङ्क . अङ्क . अङ्क .) देखिन्छ । आठौँ पुस्ताबाहेक अरू सबै पुस्ताको अगाडिको अङ्क सापकोटाको पुस्ता नम्बर हो । त्यसपछि अङ्कको थोप्लो पछाडि तार्कु कुसुन्डे (कुशपानी) का सापकोटाको पुस्ता नम्बर हो । थोप्लोपछाडि अन्तिमको नम्बर दाजुभाइको सङ्ख्याका आधारमा (जेठो, माहिलो,.......कान्छो लाई १, २ ... भनेर थाहा भएसम्मका आधारमा) हो ।
सर्वानन्द सापकोटा २७ औँ पुस्ता अथवा तार्कु तार्कु कुसुन्डे (कुशपानी) को प्रथम पुस्ता भएकोले २७.१. भनेर अङ्क दिइएको छ । त्यस्तै प्रकारले दोस्रो २८.२. तेस्रो २९.३. चौथो ३०.४. पाँचौ ३१.५. छैटौँ ३२.६, र ७ औँ ३३.७ राखिएको छ । आठौँ पुस्ताको हकमा सबैभन्दा अगाडि १, २ .. पछाडि ३४.८ राखिएको छ । त्यसपछि पुनः नवौँ ३५.९, दशौँ ३६.१०, एघारौँ ३७.११, १२ औँ ३८.१२ र १३ औँ ३९.१३ अङ्क दिइएको छ । यसका अतिरिक्त आठौँ पुस्ताको हकमा पुस्ता नम्बरको अगाडि पनि (१,२,३...) अङ्क दिइएको छ । उक्त अङ्क तार्कु तार्कु कुसुन्डे (कुशपानी) का आठौँ पुस्ताका बाजेहरूको क्रमाङ्क हो । कुनै एक पुस्तालाई गणना नम्बर दिँदा उचित होला भनेर आठौँ पुस्तालाई दिइएको हो । सबै पुस्ताको अगाडि गणनाको अङ्क दिँदा धेरै अङ्क दिनुपर्ने र त्यसले भद्रगोल बनाउने भएकाले अन्य पुस्ताको गणना अङ्क राख्न सम्भव भएन । यस प्रकारले हालसम्मको अवस्थामा सापकोटाको ३९ औँ पुस्ता तथा तार्कु कुसुन्डे (कुशपानी)को सापकोटाको १३ औँ पुस्तासम्म फैलिएको पाइएको छ ।
उदाहरणका लागि : आठौँ पुस्ताको १.३४.८.१. अङ्क दिएर नाम दिइएको छ भने १ नम्बरमा सापकोटाको ३४ औँ पुस्ताका सर्वानन्द सापकोटापछिका ८ औँ पुस्ताका १ भनेको जेठो उमाकान्त सापकोटा हुन् भनेर बुझ्नु पर्नेछ ।
अन्य पुस्ताको हकमा : उदाहरणका लागि नवौँ पुस्ताकको एक व्यक्तिलाई लिँदा ३५.९.१. शेखरनाथ सापकोटा, सापकोटाका ३५ औँ र सर्वानन्द सापकोटाको नवौँ पुस्ताको जेठो शेखरनाथ सापकोटा हुन् भनेर बुझिन्छ ।
सूत्र :
१. अन्य पुस्ताको : सापकोटाको पुस्ता नम्बर कुशपानीका सापकोटाको पुस्ता नम्बर दाजुभाइको क्रमाङ्क (३५.९.१. )
आठौँ पुस्ताको : पुस्ता व्यक्तिको गणना क्रमाङ्क सापकोटाको पुस्ता नम्बर कुशपानीका सापकोटाको पुस्ता नम्बर दाजुभाइको क्रमाङ्क (१.३४.८.१.)
स्रोत: पृष्ठ ६